ताजा समाचार

१२ वर्षीया किशोरीलाई सुत्केरी गराउन प्रधानमन्त्री कार्यालयले काठमाडौं ल्याउँदै

मकवानपुर । मकवानपुरमा १२ वर्षको उमेरमा गर्भवती भएकी एक बालिकाको स्वास्थ्य अवस्था जोखिमपूर्ण भएपछि सुत्केरी गराउन प्रधानमन्त्री कार्यालयले उपचारका लागि काठमाडौं ल्याउने भएको छ । कम उमेरमा नै गर्भवती भएर सु्त्केरी हुने अवस्थामा उच्च जोखिम हुन सक्ने भएकाले सुरक्षित ढंगले सुत्केरी गराउन प्रधानमन्त्री कार्यालयले पहल गरेको हो ।

मकवानपुरको राक्सिराङ गाउँपालिकास्थित सरिखेत औलेकी १२ वर्षीया गंगा चेपाङलाई सुरक्षित सुत्केरी गराउन प्रधानमन्त्री कार्यालयको निर्देशन बमोजिम आज काठमाण्डौ ल्याउन लागेको हो । प्रमुख जिल्ला अधिकारी आस्मान तामाङका अनुसार प्रधानमन्त्री कार्यालयको निर्देशन अनुसार गर्भवती बालिकालाई गाउँपालिका अध्यक्ष राजकुमार मल्ल र उपाध्यक्ष निर्मला हिमडुङले बेलुका हेटौंडा अस्पतालामा ल्याएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org