ताजा समाचार

जानुको कथा र गीति एल्बम विमोचित

काठमाडौं । साहित्यकार जानु काम्बाङ्ग लिम्बुले एकै साथ दुई कृति सार्वजनिक गरेकी छिन् । उनी ताप्लेजुङमा जन्मिएर हाल केही वर्षदेखि बेलायतको एक्सफोर्डमा बसोबास गर्दै आएकी छिन् । राजधानीमा आयोजित एक कार्यक्रममा लिङ्गदेनको कथाकृति ‘नउघ्रेको जुन’ र गीति एल्बम ‘जानु’को लोर्कापर्ण भएको छ ।

नेपाल वाङमय प्रतिष्ठानले आयोजना गरेको उक्त समारोहमा वरिष्ठ साहित्यकार वैरागी काइँला, गायक आनन्द कार्की, साहित्यकार बिना थिङ, प्रतिष्ठान अध्यक्ष शशी लिम्बुलगातले एकै साथ दुई कृति सार्वजनिक गरेकी सर्जले नेपाली साहित्यमा ठुलो योगदान गर्ने चर्चा गरेका थिए ।
कथाकृति ‘नउघ्रेको जुन’मा २० कथा र गीति एल्बम ‘जानुमा ‘गर्नु छ एउटा कुरा’ र ‘प्यासी रातहरु’ गरी दश गीत रहेको सर्जक लिम्बुले बताइन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org