ताजा समाचार

कपिलवस्तुमा प्रदेशसभाका पूर्वउम्मेदवारको गोली हानी हत्या

कपिलवस्तु । कपिलवस्तुमा एक जनाको गोली हानी हत्या भएको छ । शुद्धोधन गाउँपालिका ४ मोतिभारीका दिपेन्द्र कुमार चौधरी (राजा बाबु) को हत्या भएको हो ।

उनी प्रदेश सभा सदस्य निर्वाचनमा कपिलबस्तु क्षेत्र नं। १ ‘ख’बाट स्वतन्त्र उम्मेदवार थिए ।

उनलाई घर नजिकैको सडकमा अज्ञात समुहले गोली हानेर घाइते बनाएको थियो । उनलाई तत्काल लबनी स्वाथ्य चौकीमा उपचार गर्न लगिएको थियो । त्यहाँ उपचार हुन नसकेपछि मेडिकल कलेज पुर्‍याउँदा मृत्यु भएको प्रहरी नायब उपरीक्षक रवि रावलले जानकारी दिए ।

शंकास्पद २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुमाथि अनुसन्धान भइरहेको रावलले जानकारी दिए । घटनास्थलमा गोलीका ३ ,४ वटा खोका भेटिएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org