‘ए’ डिभिजन लिग : चौथो चरणका खेलहरू आजदेखि शुरु
काठमाडौँ । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आजदेखि चौथो चरणका खेलहरू शुरु हुँदैछन् । आज पहिलो दिन हुने तीन खेलमा दुई खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदान सातदोबाटोमा र एक खेल हल्चोकस्थित सशस्त्र प्रहरी बल ‘एपिएफ’ को मैदानमा हुने अखिल नेपाल फुटबल सङ्घ ‘एन्फा’ले जनाएको छ ।
आजको पहिलो खेलमा दुई अपराजित टोली सङ्कटा क्लब र विभागीय टोली त्रिभुवन आर्मी एन्फा कम्प्लेक्समा प्रतिष्पर्धा गर्नेछन् । सङ्कटा यसअघिका लगातार तीन खेल जित्दै ९ अङ्कका साथ अङ्क तालिकाको दोस्रो स्थानमा छ भने दुई जित र एक बराबरीको नतिजासहित आर्मी सात अङ्कका साथ तालिकाको तेस्रो स्थानमा छ ।
यस्तै एन्फा कम्प्लेक्समा हुने दोस्रो खेलमा चौथो स्थानको थ्रीस्टारले एनआरटीसँग खेल्दैछ । लगातार दुई खेल जितेर उत्कृष्ट शुरुआत गरेको थ्रीस्टार पछिल्लो खेलमा मनाङ मस्र्याङ्दी क्लबसँग पराजित भएको थियो । एनआरटीले लिगको उद्घाटन खेलमा आर्मीसँग अङक बाँड्नुबाहेक त्यसयता राम्रो खेल्न सकेको छैन ।
तेस्रो खेलमा हल्चोकस्थित एपिएफ मैदानमा च्यासल युथ क्लब र नेपाल पुलिस क्लबले प्रतिस्पर्धा गर्नेछन् । दुवै टोलीले लिगमा अहिलेसम्म मिश्रित नतिजा निकालेका छन् । एक जीत, एक बराबरी र एक हारसँगै दुवै टोलीको समान चाररचार अङ्क रहेको छ ।
लिगअन्तर्गत चौथो चरणको खेलको पूर्वसन्ध्यामा सबै क्लबहरूले जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने बताएका छन् । थ्रीस्टारका सहायक प्रशिक्षक अशोक राईले आफूहरू जित्नकै लागि खेल्ने बताएका छन् । एनआरटीका प्रशिक्षक महेश्वर मुल्मीले थ्रीस्टार बलियो क्लब रहेकाले ऊसँग बराबरीको नतिजाका लागि खेल्ने बताए ।
त्रिभुवन आर्मीका प्रशिक्षक नवीन न्यौपानेले आफूहरूको मुख्य लक्ष्य भेनेकै तीन अङ्क रहेको बताए । “केही स्टार खेलाडी घाइते हुनाले आज आर्मीलाई केही अप्ठेरो पर्न सक्नेछ । नवयुग श्रेष्ठ घाइते छन्, सुमन अर्याल दोहोरो पहेँलो कार्डले खेल्न पाउँदैनन् भने प्रमोशनको चरणमा भएकाले जर्ज प्रिन्स कार्कीले लिगका बाँकी खेल खेल्न पाउने छैनन ।”
सङ्कटाका प्रशिक्षक सल्यान खड्गीले तयारी राम्रो रहेकाले आज आर्मीविरुद्ध जित निकाल्ने लक्ष्य रहेको बताए । नेपाल पुलिस क्लबका प्रशिक्षक अनन्तराज थापाले च्यासल आफूहरूका लागि चुनौतीको टोली भएकाले बल पोजिसन राख्दै खेल आफ्नो पक्षमा राख्ने बताए ।
Comments
अरु समाचार
-
भलिबल टोली बङ्गलादेश प्रस्थान
काठमाडौं । बङ्गलादेशको राजधानी ढाकामा हुने भलिबल प्रतियोगितामा सहभागी हुन ११ जना खेलाडी तथा प्रशिक्षक टोली त्यसतर्फ प्रस्थान गरेको छ...
-
एम्बाप्पे चम्किँदा पीएसजीको सानदार जित, उपाधिका लागि अब एक जित आवश्यक
काठमाडाैँ । कप्तान केलियन एम्बाप्पे चम्किएको खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित हात पारेको छ...
-
आईपिएलः गुजरातमाथि दिल्लीको चार रनको रोचक जित
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा गुजरात टाइटन्समाथि दिल्ली क्यापिटल्सले चार रनको रोचक जित निकालेको छ।...
-
काश दाहाल स्मृति भलिबल प्रतियोगिता हुने
काठमाडौं । प्रज्ञा–स्मृति प्रतिष्ठानको आयोजनामा ललितपुरको महाकाल गाउँपालिकामा यही वैशाख २२ देखि २५ गतेसम्म प्रकाश दाहाल स्मृति बागमती प्रदेशस्तरीय अन्तरपालिका...
-
‘सूर्य नेपाल काठमाडौं ओपन’ मंगलबारदेखि सुरु हुँदै, राम्रो स्कोर निस्किने अपेक्षा
काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२३\२४ अन्तर्गतको सातौं प्रतियोगिता सूर्य नेपाल काठमाडौं ओपन मंगलवारदेखि सुरु हुने भएको छ। रोयल...
-
बेलिङह्याम चम्किँदा एल क्लासिकोमा रियल विजयी
काठमाडाैं । एल क्लासिकोमा रियल मड्रिडले बार्सिलोनालाई पराजित गरेको छ । आइतबार राति सम्पन्न खेलमा रियलले चिर प्रतिद्वन्द्वी बार्सिलोनालाई ३–२...
-
आईपीएलमा आज दुई खेल, गएराति हैदराबादले दिल्लीलाई हरायो
काण्ठमाण्डौ। इण्डियन प्रिमियर लिग ९आईपीएल० क्रिकेटमा सनराइजर्स हैदराबादले दिल्ली क्यापिटल्सलाई ६७ रनले पराजित गरेको छ । हैदराबादले दिएको दुई सय...
-
एसीसी प्रिमियर कपः नेपालले आज तेस्रो स्थानको लागि हङकङसँग प्रतिस्पर्धा गर्दै
काठमाडौं। एसीसी प्रिमियर कप अन्तर्गत शनिबार नेपालले तेस्रो स्थानको लागि हङकङसँग प्रतिस्पर्धा गर्दैछ। पहिलो सेमिफाइनलमा नेपाल यूएई र दोस्रो सेमिफाइनलमा...
-
एसीसी प्रिमियर कपः सेमिफाइनलमा आज नेपाल र यूएई भिड्दै
काठमाण्डौ । एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलका खेल आज हुँदैछन् । पहिलो सेमिफाइनमा नेपालले आज यूएईसँग खेल्दैछ । खेल ओमानको...