ताजा समाचार

बन्दनाले नृत्य गरेर कायम गरिन् नयाँ विश्व रेकर्ड (फोटो फिचरसहित)

काठमाडौँ । बन्दना नेपालले सबैभन्दा बढी समय नृत्य गरेर विश्वमा नयाँ रेकर्ड कायम गरेकी छिन् । उनले १२६ घण्टाको नयाँ रेकर्ड कायम गरेकी हुन् । विश्व रेकर्ड तोड्ने क्रममा उनले ‘यो नेपाली शिर उचाली संसारमा लम्किन्छ‘ बोलको गीतमा नृत्य प्रस्तुत गरेकी हुन् ।

भारत, केरलाकी कलामण्डलम हेमलथाले दुई वर्षअघि लगातार १२३ घण्टा १५ मिनेट क्लासिकल नृत्य गरेर बनाएको अहिलेसम्मकै सबैभन्दा लामो समय नृत्यको विश्व रेकर्ड बन्दनाले तोडेकी हुन् ।

बन्दनाका बुबा राम नेपालले यो छोरीको सफलता सम्पूर्ण  नेपालीहरूको सफलता भएको बताए । धनकुटाको महालक्ष्मी नगरपालिका–९ मा २०५८ सालमा जन्मिएकी बन्दना काठमाडौँको बत्तिसपुतलीस्थित विग फुडल्यान्डमा नृत्य गरेकी थिइन् ।

 

फोटोहरू हेर्नुहोस्

 

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org