ताजा समाचार

च्याम्पियन्स लिगमा पीएसजीको जित

काठमाडौँ । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन ‘पीएसजी’ ले च्याम्पियन्स लिग फुटबल जित हात पार्दै नकआउट चरणमा पुग्ने आफ्नो सम्भावनालाई कायमै राखेको छ ।

पीएसजीले बुधबार राति आफ्नै घरेलु मैदानमा इंग्लिस क्लब लिभरपुललाई २–१ गोलअन्तरले पराजित गरेको हो । पीएसजीको जितमा जुआन बर्नाट र नेयमारले गोल गर्न सफल भए ।

लिभरपुलका लागि भने जेम्स मिल्नरले गोल फर्काएका थिए । बर्नाटले खेलको १३ औ मिनेटमा गोल गरेपछि पीएसजीले अग्रता बनाएको थियो । सुरुवाती समयमा नै गोल गरेको पीएसजीको लागि खेलको ३७औं मिनेटमा नेयमारले गोल गर्दै दोब्बर अग्रता दिलाएका थिए । तर पहिलो हाफको अतिरिक्त समयमा लिभरपुलले पेनाल्टी पाएको थियो । जेम्सले पेनाल्टीबाट गोल गर्दै लिभरपुललाई खेलमा फर्किने संकेत देखाएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org