ताजा समाचार

एशिया प्यासिफिक समिटका लागि काठमाडौंमा विदेशी पाहुना, अहिलेसम्म को–को आइपुगे ?

काठमाडौँ । एशिया प्यासिफिक समिटमामा भाग लिन विभिन्न देशका प्रधानमन्त्री, मन्त्री तथा सचिवहरू काठमाडौं आउनेक्रम जारी छ । अहिलेसम्म कम्बोडियाका प्रधानमन्त्री हुन सेन र म्यानमारकी विदेश मन्त्री आङ सान सुकी काठमाडौं आइसकेका छन् । एशिया प्यासिफिक समिटमा भाग लिनका लागि अन्य विदेशी पाउना बिहिबारसम्मा काठमाडौं आइपुग्ने छन् ।

विदेशी पाउनलाई स्वागत गर्न उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेल विमानस्थल पुगेका थिए । हुन सेनलाई विमानस्थलमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो। प्रधानमन्त्री हुन सेनको बस्ने व्यवस्था होटल सोल्टीमा मिलाएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा औपचारिक भ्रमणका लागि सुकी नेपाल आएकी हुन्। परराष्ट्र मन्त्रालयले उनको भ्रमणलाई औपचारिक सद्भावना भ्रमण भनेको छ। उनी काठमाडौंमा हुँदा एसिया प्यासेफिक समिटमा पनि सहभागी हुनेछन्।

नेपालमा रहँदा विदेशी पाहुनाले राष्ट्रपति, प्रधानमन्त्री लगायतसँग भेटवार्ता समेत गर्नेछन्। सुकीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गर्ने छिन्। त्यस्तै, दुई पक्षीय हितबारे प्रधानमन्त्री ओलीसँग पनि उनले वार्ता गर्ने कार्यक्रम छ। मंसिर १४ देखि १७ सम्म समिट हुँदैछ। उनी समिट सुरू भएकै दिन फर्कनेछन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org