ताजा समाचार

गुणस्तर सुधारका लागि शैक्षिक बहस

बाजुरा । बडिमालिका नगरपालिकाले शैक्षिक गुणस्तर सुधारका लागि विद्यालयस्तरीय शैक्षिक बहस सञ्चालन गरेको छ । शिक्षक, अभिभावक, विद्यार्थी र सरोकारवाला निकायलाई सँगै राखेर समस्याको उठान, सवाल पहिचान र समाधानको विकल्पसहितको संवादका लागि शैक्षिक बहस सञ्चालन गरेको हो ।

पहिलो चरणमा नगरक्षेत्रभित्रका आठ विद्यालयमा शैक्षिक बहस सञ्चालन गर्ने भएको छ । शिक्षासँग सरोकार राख्ने निकाय र स्थानीय सञ्चारमाध्यमसँगको सहकार्यमा सार्थक छलफलका लागि शैक्षिक बहस सञ्चालन गरिएको सहास नेपाल सिफल्स परियोजनाका जिल्ला संयोजक रामबहादुर खत्रीले बताए ।

पहिलो चरणमा लक्ष्मी मावि जिल्ली, ज्ञानुदय मावि रजातोली, नेरा मावि जडागा, जाल्पा मावि पिनालेख, सत्यवादी मावि भौनेरामा शैक्षिक बहस कार्यक्रम सञ्चालन गरिएको छ भने अब मालिका मावि मार्तडी, कैलाश मावि मना र चोयाकोट माविमा यो बहस सञ्चालन गरिने नगरपालिकाले जनाएको छ ।

बहस कार्यक्रममा शिक्षक नियमित उपस्थित नभएको, भौतिक अवस्था दयनीय रहेको, अभिभावकको सहयोगी भूमिका नरहेको, छात्रामैत्री शौचालय नभएको जस्ता समस्या देखिएको नगरपालिकाका उपप्रमख कविता विष्टले बताए । नगरप्रमुख पदम बडुवालले जिल्लाको शैक्षिक गुणस्तर सुधारका लागि नगरपालिकाले आवश्यक सहयोग प्रदान गर्ने बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org