ताजा समाचार

राष्ट्रिय ट्रमा सेन्टर र सामाजिक सेवा एकाई

 

राष्ट्रिय ट्रमा सेन्टर अर्थो, न्यूरो, स्पाइन, वर्न र प्लाष्टिक सम्बन्धी उपचार सेवा प्रवाह गर्ने एक मात्र विशिष्टिकृत सरकारी अस्पताल हो । २१ वर्ष अघि सन् १९९७ जुन ६ मा तत्कालिन भारतीय प्रधानमन्त्री इन्दर कुमार गुजराल नेपाल भ्रमणमा आउँदा शिलान्यास भएको र त्यसको ६ वर्ष पछि सन् २००३ मा नेपाल र भारत सरकार बिच ट्रमा सेन्टर निर्माण गर्ने सहमति भए अनुसार निर्माण सुरु गरिएको यो अस्पताल भवन ११ वर्षमा निर्माण सम्पन्न भएको थियो । त्यस पछिका करिव ४ वर्ष अस्पताल सञ्चालनमा आएन । मिति २०७१ मंसीर ९ गते हालका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमण आएका बखत नेपालका तत्कालीन प्रधानमन्त्री शुशील कोइरालालाई हस्तान्तरण गरेपछि औपचारीकरुपमा यो सेन्टर सञ्चालनमा आएको थियो । दश रोपनी क्षेत्रफलमा फैलिएको यो भवनमा जमिन मुनि २ तल्ला र जमिन माथि ७ तल्ला गरी जम्मा ९ तल्ला रहेका छन् । दुर्घटना,हिंसा,चोटपटकका कारणवाट हुने स्वास्थ्य समस्याहरु हाडजोर्नी तथा नशा,मुटु शल्य चिकित्सा,प्लाष्टिक सर्जरी,नाक,कान,घाँटी र दन्त शल्य चिकित्साको पूर्ण विशेषज्ञ सेवा प्रदान गर्न तथा अहिले सवारी दुर्घटना नेपालमा मृत्युको चौथो कारण बनेको सन्दर्भमा दुर्घटनामा परेकाहरुको मृत्युदर कम गर्ने उद्देश्यले सञ्चालित यो अस्पतालमा १५० वटा साधारण शैया ३२ वटा आकस्मिक शैया,७ वटा अप्रेशन पश्चात विरामीलाई राखिने (Post Op)  शैया र ११ वटा आई.सी.यू शैया गरी जम्मा २०० वटा नेपाल सरकारबाट स्वीकृति प्राप्त शैयाहरु रहेका छन् । सफा र फराकिला वार्डहरु,आधुनिक प्रविधियुक्त सेवा अनि भौतिक पूर्वाधारको बन्दोवस्तले परम्परागत सरकारी अस्पताल प्रतिको धारणलाई खण्डित गर्ने यस अस्पतालले काठमाडौंको मुटुमा करिव १२९ वर्ष अगाडि स्थापित वीर अस्पतालको पुरानो संरचना र विरामीको चापलाई समेत नियन्त्रण र व्यवस्थापनमा सहज भएको छ । त्यसको अलावा यस अस्पतालमा करिव ५२ जना चिकित्सक १५४ जना नर्स,३७ जना प्राविधिक कर्मचारी र २९ जना प्रशासनीक कर्मचारी समेत गरी जम्मा २८० जना राष्ट्रिय सेवक कर्मचारीहरु रहेका छन् ।

अस्पताल सञ्चालनमा आए पश्चात दिनानुदिन उल्लेख्य सुधार गरिदै आएको यस अस्पतालमा कर्मचारीको हाजिरी गर्ने विधुतीय यन्त्र,लुगा धुने मेसीनहरु,मेसीनरी र अन्य औजारहरुमा पानीको अशुध्दता र कडापनले हुन सक्ने नोक्सान कम गर्ने शुध्दिकरण मेसीन सञ्चालनमा रहेका छन्। साथै उपचार सम्वन्धी उपकरणहरुको सुरक्षाका लागि जरुरी ठाउँहरु ५ वटा अपरेशन थिएटर,आई.सी.यू.,पोष्ट अपरेशन कक्ष, प्रयोगशाला र इमर्जेन्सी एक्स रे कक्षमा एसी जडान गरिएको छ । अस्पतालका सामाग्री तथा गतिविधि निगरानी गर्न ७२ वटा सी.सी. क्यामेरा जडान गरेर मोवाइल एपवाट समेत हेर्न सकिने बनाइएको छ । अस्पताल र स्वास्थ्य सेवा सम्वन्धी सम्पूर्ण गतिविधिलाई अनलाइनमा आधारीत बनाउन ९ वटा सफ्टवेयर उपयोग गरिएको छ । अस्पतालको आफ्नै औषधि पसल सञ्चालनमा आएको छ । विपन्न नागरिक उपचार सहायताका लागि वेग्लै कोष भएको सामाजिक सेवा एकाई स्थापना भएको छ । २०० शैयाको पूर्ण क्षमतामा सञ्चालित यो अस्पतालले कुनै घटना,दुर्घटना वा चोटपटक लाग्दा निजी अस्पतालमा गएर महँगो शुल्क तिर्न वाध्य गरीव जनताका लागि सकेसम्म न्यूनतम शुल्क र नभए नि ःशुल्कमा गुणस्तरीय उपचार सेवा प्रदान गर्दै आएको छ । अस्पतालजन्य फोहोरको वैज्ञानिक व्यवस्थापन गर्न अत्याधुनिक मेसीन जडान गरिएको छ साथै वल्ड बैंक स्थापना भएको छ ।

विगत दुई दशकमा नेपालले सर्ने र नसर्ने रोगको उपचार क्षेत्रमा केही काम गरे पनि दुर्घटना,हिंसा,चोटपटकका कारणवाट हुने स्वास्थ्य समस्या सम्वोधन गर्ने विशेष क्षमतायुक्त संस्था स्थापना गर्न सकेको थिएन । त्यसमाथि प्राकृतिक प्रकोप,जलवायु परिवर्तनको नकारात्मक असर,सडक दुर्घटना, हिंसा र चोटपटकका कारणले हुने स्वास्थ्य समस्याहरुमा भारी परिर्वतन हुँदा पनि यसको सम्वोधन गर्न ध्यान नपुग्दा मुलुकले अनपेक्षित क्षति वेहोर्दै आएको थियो र छ । जस्तो कि नेपालमा सडक दुर्घटनामा मर्ने दर प्रति १० हजार सवारी साधनमा १७ जना छ , जुन संसारमा सवैभन्दा वढि र चिन्ताजनक अवस्था मध्येमा पर्छ । अझ मृत्युका कारण मध्ये सवै उमेर समूहको हिसाव गर्दा चोट पटक चौथो कारण मानिन्छ भने उत्पादनशील उमेर समूहमा यो पहिलो कारण हुन्छ । सडक दुर्घटनाका कारण मात्र कुल गार्हस्थ उत्पादनमा ०.८ प्रतिशत नोक्सानी मुलुकले वेर्होछ भने संसारभर रोगको भारमा १२ प्रतिशत त यस्तै दुर्घटना वा चोटपटक नै हुने गर्छन् ,जसका कारण दैनिक १६००० को ज्यान जाने गरेको छ । अझ प्राकृतिक प्रकोपको समय जस्तै २०७२ को विनाशकारी भूकम्प आदी जस्ता घटनामा यस्ता ट्रमा सेन्टरको आवश्यकता र उपादेयता अझ वढि वोध हुने गर्दछ । मिति २०७४ वैशाख ३ गतेवाट अस्पतालले संञ्चालन गरेको “विस्तारीत स्वास्थ्य सेवा” (EHS)  कार्यक्रमका कारण समय अभावका कारण विरामीले शल्यक्रिया गर्न लामो समय पर्खन नपर्ने वातावरण तयार गरिएको छ । जस अन्तर्गत नियमित समय पछि साँझ ५ वजे देखि वेलुका ९ वजेसम्म शल्यक्रिया सञ्चालन हुने गर्दछ । नियमितरुपमा दैनिक करिव १२ वटा सम्म शल्यक्रिया हुने सेन्टरमा सेवा विस्तार भएपछि थप ४ वटा शल्यक्रिया हुने गरेको छ । विगत तीन आर्थिक वर्षहरुमा यस अस्पतालले प्रदान गरेका सेवा विवरणहरु तल प्रस्तुत गरिएको छ :

 

सामाजिक सेवा एकाई  : 

नेपालको संविधान २०७२ को धारा ३५ मा “प्रत्येक नागरिकलाई राज्यवाट कानूनमा व्यवस्था भए वमोजिम आधारभूत स्वास्थ्य सेवावाट वञ्चित गरिने छैन” भनी स्वास्थ्य सेवालाई नेपाली नागरिकको मौलिक हक अन्तर्गत राखेको छ । सरकारले संविधानको भावना समेतलाई दृष्टिगत गरी निःशुल्क राष्ट्रिय स्वास्थ्य सेवा कार्यक्रम लागू गरेको छ । सो कार्यक्रम अन्र्तगत २०६५ माघ देखि २५ शैया सम्मका अस्पतालहरुमा आम नागरिकहरुलाई सूचीकृत अत्यावश्यक औषधि निःशुल्क रुपमा प्रदान गर्न सुरु गरेको छ । साथै लक्षित समूहका विरामीहरुलाई अत्यावश्यक औषधि तथा अन्तरङ्ग, वहिङ्ग, र आकस्मिक सेवा निःशुल्क उपलब्ध गराउने गरिएको छ । केन्द्रिय,क्षेत्रीय,उप क्षेत्रीय तथा अञ्चलस्तरका अस्पतालहरुमा मन्त्रालयले सशर्त र निःशुल्क औषधिका लागि (conditional and Medicine Grants) अनुदान रकम उपलब्ध गराई सो रकमवाट लक्षित समूहका विरामीलाई निःशुल्क वा आंशीक छुटमा स्वास्थ्य सेवा उपलब्ध गराउनुपर्ने प्रावधान अनुसार यस अस्पतालले सेवा उपलब्ध गराउदै आएको छ । स्वास्थ्य मन्त्रालयले सामाजिक सेवा एकाईको कार्यालय व्यवस्थापन र नियुक्त सहजकर्तालाई तलब वापत रु १० लाख अनुदान रकम उपलब्ध गराई १२ वटा लक्षित समूहका विरामीहरुलाई औचित्य हेरी निःशुल्क वा आंशीक छुटमा स्वास्थ्य सेवा उपलब्ध गराउनु पर्ने प्रावधान स्पष्टरुपमा तोकेर मिति २०७३ माघवाट यस राष्ट्रिय ट्रमा सेन्टरमा सामाजिक सेवा एकाई स्थापना गरेको छ । यस सामाजिक सेवा एकाईले देहाय वमोजिमका विरामीहरुलाई सहुलियत ,स्वास्थ्य सेवा व्यवस्थित, पारदर्शी र प्रभावकारी तवरवाट प्रवाह गर्दै आएको छ :

 वटा लक्षित समूहका विरामीहरू

गरिव
असहाय
 अपाङ्गता भएका व्यक्ति
 ज्येष्ठ नागरिक
 लैङ्गिक हिंसापीडित (वालवालिका समेत)
 महिला स्वास्थ्य स्वयंसेविका
 प्राकृतिक प्रकोप वाट पीडित (भूकम्प,बाढी,पहिरो,आगलागी आदी)
शहिद परिवार
 कुपोषित वालवालिका
 प्रहरिले ल्याएका थुनुवा
 दुर्घटनामा परेका आकस्मिक विरामी (अविभावक नभएका)
 सीमान्तकृत तथा लोपोन्मुख आदिवासी,जनजाति
 अस्पतालले छुट्टयाएका १०% निःशुल्क शैयामा रहेका विरामी र वेवारीशे व्यवस्थापन
जनआन्दोलन र शसस्त्र द्धन्द,मधेश आन्दोलनका घाइतेहरू 
स्वास्थ्य विमा गराएका विमित विरामीहरू 

 विपन्न नागरिक औषधोपचार कार्यक्रम अन्तर्गत रु एक लाख सम्म सह“लियत पाउने Head Injury  र  Spinal Injury  का विरामीहरू   

सामाजिक सेवा एकाई तोकिएका ३६ वटा अस्पतालहरुमा उपलव्ध सेवा तोकिएका लक्षित वर्गका विरामीहरुलाई निःशु्ल्क वा सहुलियत रुपमा उपलब्ध गराउने कार्यमा सहजीकरण गर्ने संस्थागत व्यवस्था हो । लक्षित सम”हका विरामीहरूको स्वास्थ्य सेवामा समताम”लक पँहुच एवं उपयोग अभिवृद्धि गर्दै विरामीहरूलाई निःशुल्क तथा आंशिक छुटमा नियमित तथा विशेषज्ञ सेवाहरू यस अस्पतालले पनि प्रदान गर्दै आएको छ, जसले गरिव वर्गको स्वास्थ्य सेवामा पँहुचका साथै विभिन्न अस्पतालहरु बिच रहेको प्रेषण सेवालाई प्रभावकारीरुपमा कार्यान्वयनमा ल्याउन समेत सहयोग पुगेको छ ।
यस ट्रमा सेन्टरले माथि उल्लेखित लक्षित सम”हका विरामीहरुलाई उनीहरुको आर्थिक अवस्थाको म”ल्याड्ढन वा परिचय पत्रका आधारमा पहिचान गरी निःश“ल्क वा आर्थिक छ“ट सेवा प्रदान गर्दै आएको छ । जसका लागि बिरामीले अस्पतालमा नाम दर्ता गरेपछि चिकित्सक वा स्वास्थ्यकर्मीको सल्लाह वमोजिम प्रेस्कृप्सन कागज, परिचय पत्रको प्रतिलिपी –लक्षित वर्ग खुल्ने) सहित राष्ट्रिय ट्रमा सेन्टरको पहिलो र भुई तल्लामा रहेका सामाजिक सेवा एकाईका शाखाहरुमा गई तोकिएको अनुसूचि फारम भरेर क्यास काउन्टरमा गई सहुलियतको बिल प्राप्त गर्न सक्छन् । लक्षित सम”हका विरामीलाई यस एकाईले बाहिरड्ड र इमर्जेन्सीमा बढीमा रु २५०० सम्मको र अन्तरड्डका बिरामीलाई बढीमा रु १०००० सम्मको उपचार सेवामा छुट सुविधा प्रदान गर्दछ साथै आकस्मीक र अन्तरङ्ग बिरामीलाई प्रेषण गरी अन्य अस्पतालहरूमा लैजान परेमा आवश्यकताका आधारमा दुरी हेरी बढीमा रु. ५००० सम्म एम्बुलेन्स खर्च छुट गर्दै आएको छ । सामाजिक सेवा एकाई स्थापना तथा सञ्चालन निर्देशिका २०६९ (परिमार्जित २०७४) वमोजिम भएको संस्थागत व्यवस्था अन्तर्गत रहेको सामाजिक सेवा एकाई व्यवस्थापन समितिले आवश्यकता र औचित्यका आधारमा माथि उल्लेखित रकम भन्दा बढीको सहुलियत समेत प्रदान गर्दै आएको छ । दैनिक प्रदान गरिने छुटको विवरण Online Computer Software Application मार्फत स्वास्थ्य मन्त्रालयको जनस्वास्थ्य प्रशासन, अनुगमन तथा मूल्याङ्कन   महाशाखामा पठाउने गरिएको छ । दैनिक कार्य सञ्चालन, सहजीकरण, सेवा प्रवध्र्दन र अभिलेखन कार्यमा सहयोग पु¥याउन  १ जना फोकल पर्सन र ७ जना सहजकर्ताहरुका साथै आ.व. ०७३/४ मा रु १० लाख, आ .व. २०७४/७५ मा रु २३ लाख र आ.व. २०७५/७६ मा रु ३० लाख निम्न शिर्षकहरुमा खर्च गर्न सक्ने गरी सरकारले उपलव्ध गराएको छ ।

परामर्श (सहजकर्ता)
अतिरिक्त सुविधा
 प्रचार/प्रसार
 कार्यालय सामान
 समीक्षा वैठक
 औषधि, खाना, रेफरल, कुरुवा खर्च
 स्थापना तथा उपकरण खर्च

राष्ट्रिय ट्रमा सेन्टरले सामाजिक सेवा एकाई स्थापना पश्चात हाल सम्म प्रदान गरेको सेवाको विवरण यस प्रकार रहेको छ :

 

  No. Of People  
Target Groups Male Female Total Total Subsidies Provided By Hospital(NPR) Total Subsidies Provided By Other Bodies(NPR)
Dalit(Hill) 171 116 287 925082 250
Dalit(Terai) 13 6 19 46748 0
Janajati(Hill) 638 451 1089 2589033 1550
Janajati(Terai) 57 32 89 226105 0
Madhesi 108 62 170 479511 5000
Muslim 18 9 27 45880 0
Brahman/Chhetri 1042 807 1849 3640501 10450
Others 92 49 141 427898 0
Total 2139 1532 3671 8380758 17250
Target Groups Indoor Outdoor Emergency Total Subsidies Provided By Hospital(NPR) Total Subsidies Provided By Other Bodies(NPR)
Dalit(Hill) 74 192 21 925082 250
Dalit(Terai) 4 13 2 46748 0
Janajati(Hill) 218 780 84 2585915 1550
Janajati(Terai) 21 65 2 225119 0
Madhesi 39 123 8 479511 5000
Muslim 3 21 3 45880 0
Brahman/Chhetri 288 1456 95 3644605 10450
Others 31 98 12 427898 0
Total 678 2748 227 8380758 17250
Target Groups Emergency In Patient Out Patient Male Female
Poor 112 458 1510 1203 877
Helpless 16 26 33 53 22
Patients with disabilities 7 13 150 115 55
Senior citizens 47 117 841 567 438
Gender-Based Violence Survivors 0 0 3 2 1
Female community health volunteers 1 2 30 1 32
Victims of natural disasters (earthquakes, floods, landslides) 5 3 10 8 10
Martyrs’ families 1 1 8 5 5
Child under nutrition 23 39 142 137 67
Endangered (Loponmukh) 8 13 14 23 12
Trauma patients without guardians 5 3 5 10 3
Patients brought by police (Thunuwa) 1 2 4 6 1
  No. of Patients Exempted Cost
Complete 2025 3047864
Partial 1629 5333245

 

विपन्न नागरिक औषधोपचार कार्यक्रम :

नेपाल सरकार–मा. मन्त्रिस्तरको मिति २०७३/०९/१३ गतेको निर्णय अनुसार राष्ट्रिय ट्रमा सेन्टरलाई विपन्न नागरिक औषधी उपचार कोष निर्देशिका (तेस्रो संसोधन ) २०७३ को दफा ४को उपदफा २ वमोजिम विपन्न नागरिकहरूलाई स्पाइनल इन्जुरी र हेड इन्जुरी रोगको उपचार सेवा प्रदान गर्नको लागि सूचिकृत गरिएबाट सो रोगहरुको सेवा प्रदान गरी प्रति इकाई संख्या खुल्ने बिरामीको विवरण नागरिकता नम्बरलाई आधार बनाई स्वास्थ्य सेवा विभाग सँग सोधभर्नाको लागि विवरण पेश गर्ने कार्य समेत यस सामाजिक सेवा इकाईले गर्दै आएको छ । उक्त सेवा प्राप्त गर्ने बिरामीहरुले राष्ट्रिय ट्रमा सेन्टरका चिकित्सकले Head Injury वा  Spinal Injury हो भनी रोगको निदान गरेको कागज प्राप्त गरी सम्बन्धित जिल्ला स्वास्थ्य /जनस्वास्थ्य कार्यालयमा रहेको विपन्न नागरिक औषधोपचार सिफारिश समितिमा पेश गर्नुपर्दछ । प्र. जि. अ. को संयोजकत्वमा रेहेको उक्त समितिको निर्णयको फोटोकपी, सिफारीशपत्र, नागरिकताको प्रतिलिपी (वा जन्मदर्ता) र ३ प्रति पासपोर्ट साइजको फोटो यस अस्पतालमा बुझाएपछि रु १ लाख सम्मको उपचार सेवामा छुट प्राप्त हुने गरेको छ । जस अन्तर्गत स्थापना समयदेखि २०७५ कार्तिक मसान्त सम्म ४८१ जना नेपाली नागरिकहरुले उक्त सेवा प्राप्त गरिसकेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाको स्वीकृत वार्षिक कार्यक्रमहरु मध्ये विपन्न नागरिक औषधि उपचार कार्यक्रम प्रथम प्राथमिकता (P1) प्राप्त कार्यक्रम हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बदलिंदो संघिय संरचना अनुरूप यो कार्यक्रम नर्सिङ्ग तथा सामाजिक सुरक्षा महाशाखाअन्तर्गत आएको छ । अस्पतालबाट पेश गरिएको मासिक प्रतिवेदनका आधारमा हालसम्म रु १ करोड २७ लाख सोधभर्ना भुक्तानी  प्राप्त भएको छ ।

१०% निशुल्क शैया 

यस अस्पतालले १० प्रतिशत निःशुल्क शैयाको रूपमा छुट्याई विपन्न, वेवारीसे बिरारीहरूलाई सेवा प्रदान गर्दै आएको छ । विपन्न बिरामीको हकमा ज्येष्ठ नागरिक, अपाङ्ग, एकल महिला तथा कमजोर आर्थिक सामाजिक अवस्था भएका बिरामीलाई प्राथमिकता दिने गरिएको छ । निःशुल्क शैयामा उपचार लिने बिरामीहरूले ‘म विपन्न हुँ’ भनी आफैं घोषणा गरी स्वघोषणा फारम भर्नुपर्ने हुन्छ । उक्त शैयाहरूमा उपचार गराइरहेका बिरामीको फोटोसहितको विवरण अस्पताल परिसरमा सर्वसाधारण सबैलै देख्ने गरी टाँस्ने व्यवस्था मिलाएको छ तथा उक्त विवरण मासिक रूपमा सम्बन्धित निकाय स्वास्थ्य सेवा विभाग तथा स्वास्थ्य मन्त्रालय, चिकित्सा सेवा माहाशाखामा समेत पठाउने गरिएको छ । यो कार्य स्वास्थ्य मन्त्रालयले सार्वजनिक महत्त्वको संरचना भनी मिति २०७३/०७/१३ मा कान्तिपुर दैनिक र अन्य अनलाइन लगायतका पत्रिकामा प्रकाशित गरेपछि तत्कालै सुरु ग्रिएको हो । हालसम्म निःशुल्क शैयामा उपचार गराइ शैयाको शुल्क, उपचार शुल्क,, अपरेशन शुल्क लगायत सबै शुल्क मिनाहा हुने बिरामीहरूको संख्या ३०० जना रहेको छ ।

जनआन्दोलन तथा दोन्दका घाइते लाई प्रदान गरीएको सेवा 

विगतको द्वन्द्वको क्रममा घाइते भएका व्यक्तिहरूको उपचार नेपाल सरकारले जारी गरेको ‘माओवादी सेनाका घाइते, अपाङ्ग लडाकुहरू, सशस्त्र द्वन्द्व, ऐतिहासिक जनआन्दोलन र मधेश आन्दोलनका घाइते अपाङ्गका लागि पनि निःशुल्क स्थापना एवम् हेरचाह निर्देशिका २०६८’मा व्यवस्था भए वमोजिम निज बिरामीहरूको घाइतेको निर्धारण भएको वर्गिकरण र निजहरुको उपचारसँग सम्बन्धित अन्य प्रमाण कागजात हेरेर औषधोपचार गर्ने व्यवस्था समेत यस सामाजिक सेवा एकाईले गर्दै आएको छ । उक्त सेवा प्राप्त गर्न सम्बन्धित व्यक्तिहरुले स्वास्थ्य मन्त्रालयमा रहेको समन्वय शाखामा गई सम्पर्क राख्नुपर्ने ह्ुन्छ । निज व्यक्तिहरूका हकमा यस अस्पतालबाट हुने सक्ने औषधोपचार र औषधि समेत गरी लागेको रकम नियम अनुसार मन्त्रालयबाट सोधभर्ना हुने व्यवस्था समेत रहेको छ । हालसम्म १४३ जना व्यक्तिहरूले करिव ६ लाख रुपैयाँ बराबरको उपचार सेवा पाएका छन् ।

स्वास्थ्य विमा कार्यक्रम 

गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने नागरिकको अधिकार संरक्षण गर्न स्वास्थ्य विमाद्वारा पूर्व भुक्तानी माध्यमबाट वित्तिय संरक्षण प्रदान गर्न, आर्थिक जोखिम न्युनीकरण गरी स्वास्थ्य क्षेत्रमा हुने खर्चलाई उपलब्धीमुलक बनाउन तथा स्वास्थ्य सेवा प्रदायकको दक्षता र जवाफदेहित अभिवृद्धि गरी स्वास्थ्य सेवामा आम नागरिकको सहज पहुँच सुनिश्चित गर्न स्थापना गरिएको संस्थागत व्यवस्था तत्कालीन ‘सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति’ हाल ‘स्वास्थ्य विमा वोड’सँग यस राष्ट्रिय ट्रमा सेन्टरले गरेको सम्झौताम वमोजिम गत आ.व. ०७४/०७५ बाट विमीत सदस्यहरूलाई सदस्यता क्रियाशिलता, संविधान थैलीको बाँकी रकम र सदस्यको प्रथम स्वास्थ्य संस्था हेरेर स्वास्थ्योपचार गर्न थालिएको छ । जसका लागि बिरामीले तोकिएको प्रथम सेवा विन्दुवाट प्राप्त प्रेषण पूर्जा र स्वास्थ्य बिमा सदस्यता परिचयपत्र सहित यस सामाजिक सेवा एकाईमा सम्पर्क गर्नुपर्ने हुन सक्छ । हालसम्म २०१८ जनाले रु १४ लाख ९१ हजार वरावरको उपचार सेवा पाएका छन् । अस्पतालमा कार्यरत कर्मचारी र आश्रित परिवारहरुको स्वास्थ्य उपचार शुल्कको भार कम गर्ने उदेश्यले राष्ट्रिय ट्रमा सेन्टरले सामाजिक सेवा इकाइ मार्पmत् सम्पूर्ण कर्मचारी र निजहरूका आश्रित परिवार सदस्यहरूको स्वास्थ्य बिमा समेत गराई २०७५ जेठ १ गते बाट कर्मचारीहरूलाई समेत स्वास्थ्य बिमाको माध्यमबाट स्वास्थ्य सेवा प्रवाह गर्दै आएको छ ।

 

(लेखक राष्ट्रिय ट्रमा सेन्टरको सामाजिक सेवा एकाइ प्रमुख हुन् ।)  

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org