ताजा समाचार

भालुको आक्रमणबाट दुई जना घाइते

धनगढी । डोटीको आदर्शगाउँपालिका–७ तलारा गाउँकी ४० वर्षीया भागिरथी जोशी भालुको आक्रमणबाट गम्भीर घाइते भएका छन्

घर नजिकै घाँस काटेर फर्किरहेको अवस्थामा भालुले झम्टेको घाइते जोशीले बताए । उनको शरीरभरि घाउ छ । यसैगरी बझाङको गुदुखाती गाउँमा भालुको आक्रमणबाट स्थानीयवासी ६० वर्षीया जरु धामी घाइते भएका छन् । उनको घर नजिकै घाँस काट्ने क्रममा भालुको आक्रमणमा यरेका हुन् । आक्रमणबाट उनले एक आँखा गुमाउनुपरेको छ ।

गुदुखातीमा भालुको आक्रमणबाट थप स्थानीयवासी तीन घाइते भएको पीडित महिलाले बताइन् । घाइतेलाई उपचारका लागि सेती अञ्चल अस्पताल धनगढी ल्ष्याइएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org