मनाङ जाउलाखेललाई हराउँदै लिगको शीर्ष स्थानमा
काठमाडौँ । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा मनाङ मस्याङ्दी क्लबले जाउलाखेल युथ क्लबलाई पराजित गर्दै लिगमा छैटौँ जित दर्ता गराएको छ ।
सातदोबाटोस्थित एन्फा ‘अखिल नेपाल फुटबल सङ्घ’ कम्प्लेक्सको मैदानमा आज भएको खेलमा मनाङले जाउलाखेललाई १–० गोलअन्तरले पराजित गर्दै लिगमा छैटाँै जित दर्ता गराएको हो । यस जितसँगै मनाङ छ खेलबाट १८ अङ्क जोड्दै लिगको शीर्ष स्थानमा छ ।
मनाङको जितमा अन्जन विष्ट नायक बने । उनले खेलको दोस्रो हाफमा पेनाल्टीमार्फत गोल गरे । खेलको ६२ औँ मिनेटमा मनाङका अडेलाजालाई डिबक्स एरियामा जाउलाखेलका खेलाडीले लडाएपछि मनाङले पेनाल्टी पाएको थियो । त्यही पेनाल्टीलाई सदुपयोग गर्दै मनाङका अन्जनले गोल गरेका थिए ।
खेलमा अन्जन म्यान अफ द म्याच घोषित भए । यता पराजित भएको जाउलाखेल चार अङ्कका साथ लिगको एघारौँ स्थानमा छ ।
Comments
अरु समाचार
-
प्रधानमन्त्रीसँग चिनियाँ अन्तर्राष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षको शिष्टाचार भेट
काठमाडौंं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग चाइना इन्टरनेसनल डेभलपमेन्ट कोअपरेसन एजेन्सी (सिआइडिसिए)का अध्यक्ष लु झाउहुईले आज शिष्टाचार भेट गर्नुभएको...
-
डेढ किलोभन्दा बढी सुन र १ करोड ४३ लाख बरामद, सातजना पक्राउ
काठमाडौं । उपत्यका अपराध अनुसन्धान कार्यालयले डेढ किलोभन्दा बढी सुन र १ करोड ४३ लाख ६० हजार रुपैयाँ बरामद गरेको...
-
मौसमविद् भन्छन्- तत्काल पानी पर्ने सम्भावना छैन
काठमाडौं । तत्काल पानी पर्ने सम्भावना नरहेको मौसमविदले बताएका छन् । मौसमविद रोजन लामिछानेका अनुसार आगो निभाउने र प्रदूषण हटाउने...
-
उदयपुरको रौतामा आगलागी, ५० लाखको क्षति
काठमाडौं । उदयपुर जिल्लाको रौतामाई गाउँपालिका–७ मा आगलागी हुँदा दुई घर जलेका छन् भने रु ५० लाख बराबरको क्षति भएको...
-
भोजपुरको दुर्गम भेगका एक हजार जनाको निःशुल्क उपचार
काठमाडौं । गरिबीका कारण उपचारबाट बञ्चित भोजपुरको उत्तरी क्षेत्रका दुई स्थानीय तहका एक हजार बढी स्थानीयले निःशुल्क स्वास्थ्य सेवा पाएका...
-
भारतमा आज दोस्रो चरणको मतदान हुँदै
काठमाडौं । भारतीय लोकसभाका लागि उधुम गर्मीका बाबजुद आज बैशाख १४ गते दोस्रो चरणको मतदान हुँदैछ । पहिलो चरणको मतदान...
-
पहाडी भूभागमा आंशिक बदली, बाँकीमा मौसम सफा
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले...
-
जसपा नेपाल केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै छ ।आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालयमा...
-
आजदेखि कक्षा १२ को परीक्षा सुरु हुँदै
काठमाडौं । आजदेखि कक्षा १२ को परीक्षा देशभर एकैसाथ सुरुहुँदै छ। बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा वैशाख...