ताजा समाचार

निर्मलाको बलात्कारपछि हत्या गर्ने युवक काठमाडौंबाट पक्राउ

काठमाडौँ । निर्मला पन्तलाई बलात्कार गरी हत्या गरेको आशंकामा प्रहरीले काठमाडौंबाट एक युवालाई पक्राउ गरेको छ।

ती युवा निर्मलाको गाउँतिरकै मान्छे भएको प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले जानकारी दिए।

‘उनी घटनाका बेला गाउँमा नै थिए। घटनापश्चात काठमाडौं आएको देखिन्छ। उनको गतिविधिका आधारमा उनी नै संलग्न छन् कि भन्ने शंका भएर हामीले पक्राउ गरेको हो,’ आइजिपी खनालले भने,’पक्राउ गरिएका युवामाथि अनुसन्धान अघि बढाइएको छ।’

उनको पहिचान भने अहिलै नखुलाउने उनले बताए। ४ महिना पुग्दा पनि निर्मला पन्तको बलात्कारपछि हत्या घटनामा को संलग्न थिए भन्ने पत्ता लगाउन प्रहरीले सकेको छैन।

निर्मला बलात्कार र हत्या घटनाको छानबिनमा सरकार र प्रहरीले गरी आधादर्जन समिति गठन गरे। ती समितिले उक्त घटनाको अनुसन्धानमा प्रहरी लापरबाही भएको मात्र निष्कर्ष दिन सके।

भोलिपल्ट आफ्नो घरबाट आधा घण्टाको दूरीमा उनी मृत फेला परिन्। पोष्टमार्टम रिपोर्टमा उनको बलात्कारपछि हत्या भएको खुलेको थियो।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org