ताजा समाचार

नेपाल राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्चको दोस्रो महाधिवेशन पुस २८ गते गोदावरीमा हुने

न्युज–नेपाल संवाददाता/ काठमाडौँ । नेपाल राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्चको दोस्रो महाधिवेशन पुस २८ गते ललितपुरको गोदावरीमा हुने भएको छ । मञ्चको आगामी नयाँ योजना तय गर्नका लागि महाधिवेशन हुन लागेको हो ।

महाधिवेशनबाट वरिष्ठ उपाध्यक्ष छनोट हुने छन् । यो निर्वाचन प्रक्रियाद्वारा छनोट गरिने छ । वरिष्ठ उपाध्यक्षका लागि मञ्चको चुनावी मैदानमा आनन्द सागर रसाइली र खेम तिरुवा छन् । अध्यक्षका लागि भने यसअघि नै वर्तमान अध्यक्ष गणेशप्रसाद लकान्द्री नै निर्विरोध छनोट गरिएको छ ।

मञ्चको महाधिवेशनबाट नेपाल सुनचाँदी व्यवसायी मञ्चलाई अगाडि बढाउनका लागि आगामी कार्ययोजना पनि तय गरिने छ । सुनचाँदी व्यवसायको क्षेत्रलाई पारदर्शी र मर्यादित बनाउन र देशव्यापी रूपमा रहेका संगठनहरूलाई एकीकृत बनाएर अगाडि बढ्ने कार्यदिशा पनि महाधिवेशनबाट हुनेछ । सुनचाँदीको क्षेत्रलाई राज्यले अनुत्पादित क्षेत्र भनेर आरोप लगाए पनि यसलाई उत्पादित क्षेत्र हो भनेर प्रस्ट पार्ने कार्य गरिने छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
news-nepal.com 2017.hlon.org