ताजा समाचार

सुन काण्डमा मुछिएका फरार अभियुक्त एसएसपी श्याम खत्रीले गरे आत्मसमर्पण

विराटनगर १७, जेष्ठ। करिब ३८ क्वीन्टल सुन तस्करी प्रकरणमा मुछिएर फरार प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) श्याम बहादुर खत्रीले आत्मसमर्पण गरेका छन् ।

उनले जिल्ला अदालत, मोरङमा आत्मसमर्पण गरेका हुन् । उनको खोजीमा अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)मा डिफ्यूजन नोटिस समेत जारी भएको थियो ।

सुन तस्करीबारे छानविन गर्न बनेको समितिले काम शुरु गरेपछि खत्री फरार भएका थिए ।

खत्री तिनै प्रहरी अधिकारी हुन्, जो यसअघि दुबईबाट आएको ३४ किलो सुन काण्डमा पक्राउ परेका थिए । तर, उनलाई पछि अदालतले सफाई दिएको थियो ।

सनमको हत्यापछि ३३ किलो सुन तस्करीबारे छानविन गर्न बनेको समितिले नेपाल प्रहरीका उच्च अधिकारी सहित ६३ जनलाई प्रतिवादी बनाएर मोरङ जिल्ला अदालतमा  संगठित अपराध, अपहरण तथा शरीर बन्धन र कर्तब्यज्यान मुद्धा दर्ता गरेको थियो । जुन मुद्दा अहिले पनि अदालतमा विचाराधीन अवस्थामा छ ।

यसअघि नै अदालतले पक्राउ परेका पूर्व डिआईजी गोविन्द निरौला, बहालवाला एसएसपी दिवेश लोहनी, एसपी विकारराज खनाल, डिएसपी प्रजित केसी, सई बालकृष्ण सञ्जेल लगायका अधिकांश प्रतिवादीलाई  पुर्पक्षका लागि जेल चलान गरिसकेको छ  । यस्तै गोरे पनि जेल चलान भएका छन् ।
बिहीबार आत्मसमर्पण गरेका खत्रीको बिहीबारदेखी नै थुनछेक बहस शुरु हुने बताइएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org