ताजा समाचार

प्रदेश आवश्यक छैन, दुई तहको संरचना हुनुपर्छः इन्द्र बानियाँ

काठमाडाैँ ।  नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्र बानियाँले नयाँ पार्टीहरूको उदयको कारणबारे खोजी गर्नुपर्ने बताएका छन् ।

पार्टी केन्द्रिय कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा धारणा राख्दै उनले निर्वाचन प्रणालीमा पनि सुधार गर्नुपर्ने बताए ।

‘नयाँ पार्टीहरूको उदय भएको छ यसको कारणको खोजी गर्ने कि नगर्ने ? निर्वाचन प्रणालीको कारणले अस्थिरता बढेको हो कि,’ उनले भने ।

बैठकमा उनले तीन तहको संघीय संरचना आवश्यक नरहेको लागेमा पार्टीले दुई तहको संरचनाको नेतृत्व गर्नुपर्ने बताए ।

‘बैठकको छलफलको प्रस्तावमा प्रदेश कहीँ पनि भेट्टाइएन । सबैको अस्तित्वलाई स्वीकारेर संविधान आएको हो । प्रदेश आवश्यक छैन भने कांग्रेसले दुई तहको संरचना हुनुपर्छ भनेर त्यसको नेतृत्व गरोस्,’ उनले भने

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org