ताजा समाचार

समाज कल्याण गतिविधि नेपालले ग¥यो टोकियोमा तीज विशेष कार्यक्रम

सरस्वती पाण्डे/काठमाडौँ । समाज कल्याण गतिविधि नेपालले तीज विशेष कार्यक्रम गरेको छ । जापानको टोकियोमा मंगलवार तीज विशेष कार्यक्रम गरेर जापानमा भएका नेपाली चेलीहरूलाई दर खुवायो ।

नेपालीको संस्कृतिलाई गाउने उद्देश्यले गरिएको उक्त जापानमा पढ्न र कामगर्न जाने नेपालीहरूको बाक्लो उपस्थिती कार्यक्रममा रहेको समाज कल्याण गतिविधि नेपाल, जापानका अध्यक्ष लिलाबहादुर श्रेष्ठले जानकारी दिए । दरखाने दिनको छुट्टै महत्त्व छ तर त्यस दिन सबै एकठाउँमा जम्मा हुन असम्भव् रहेकोले सबैको समय मिलाएर अगाडि नै कार्यक्रम गरिएको श्रेष्ठको भनाई छ ।

आफ्नो पसिनाबाट उब्जाएको केहि रकम संकलन गरि समाजमा पछाडि परेका, दुःख पाएका व्यक्तिहरूलाई करिब पाँचवर्षदेखि सामाजिक कार्यमा संस्था क्रियाशील छ ।

नेपालमा मात्र नभएर दुबै, मलेसिया, अष्ट्रेलिया, जापान लगायत विभिन्न देशमा शाखा रहेको यस संस्थाको मुख्य उद्देश्य भनेको सामाजिक कार्य नै हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org