ताजा समाचार

पुनर्निर्माण प्राधिकरणको कामप्रति अर्थमन्त्रीकाे असन्तुष्टि

काठमाडौं,२३ जेठ। अर्थमन्त्री डा.युवराज खतिवडाले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कामप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

अर्थमन्त्री खतिवडाले निजी आवास पुनर्निर्माणको काम गर्न ढिलाई गरेको भन्दै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणप्रति असन्तुष्टि व्यक्त गरेका हुन् ।

बुधबार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले ‘निजी आवास पुनर्निर्माणसम्बन्धि समस्या पहिचान र समाधान’ विषयक काठमाडौं जिल्लास्तरीय अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सरकारले निजी आवास पुनर्निर्माणको काम आगामी आर्थिक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिएपनि सो अनुसारको काम हुन नसकेको स्पष्ट पारेका छन् ।

अर्थमन्त्री खतिवडाले जमिनको उचित व्यवस्थापन, गुठी लगायतको समस्या समाधान गरेर काठमाडौं उपत्यका भित्रको निजी आवास पुनर्निर्माणको कामलाई सहज ढंगले अघि बढाउन प्राधिकरणलाई सचेत पनि गराए ।

उनले जनप्रतिनिधिहरुलाई पनि निजी आवास पुनर्निर्माणको काममा सक्रीयतापूर्वक सहभागी हुन पनि आग्रह गरे । अर्थमन्त्री खतिवडाले पुनर्निर्माणको कामका लागि आवश्यक कार्यविधि बनाउन सरकार तयार रहेको पनि स्पष्ट पारे । एक वर्ष भित्र निजी आवास पुनर्निर्माणको काम सम्पन्न गरिसक्ने लक्ष्यसहित सरकारले आगामी आर्थिक वर्षमा १ सय ५१ अरव बजेट विनियोजन गरेको छ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org