ताजा समाचार

धनुषामा एकाविहानै विद्यालय जाँदैं गरेका प्रधानाध्यापकमाथि गोली प्रहार, अवस्था गम्भीर

धनुषा, ११ असार । धनुषामा एक प्रधानाध्यापकमाथि गोली प्रहार भएको छ । विद्यालय जाँदै गरेका धनुषाको लक्ष्मीनिया गाउँपालिकाको विलट साह सर्वोदय मावि सिनुरजोडाका प्रधानाध्यापक ५० वर्षका नरेन्द्रकुमार शर्मामाथि गोली प्रहार भएको हो । शर्माको गालामा गोली लागेकोले अवस्था गम्भीर छ । उपचारको लागि जनकपुर अञ्चल अस्पताल लगिएको छ ।

जनकपुर उपमहानगरपालिका–७ का शर्मा बिहान साढे ६ बजे आफ्नो घरबाट विद्यालय जाँदै गरेको बेला लक्ष्मीनिया चोकबाट पश्चिम तर्फ बाटोमा मोटरसाइकलमा हतियारसहित आएका दुईजनाले गोली प्रहार गरी भागेको प्रहरीले जनाएको छ ।

घटनाको विषयमा अनुसन्धान भइरहेको धनुषाका प्रहरी उपरीक्षक लालमणी आचार्यले जानकारी दिए । गोली प्रहारबाट गम्भीर घाइते भएका शर्मालाई थप उपचारको लागि हेलिकप्टरबाट काठमाडौं लैजाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org