ताजा समाचार

माछापुछ्रे बैकको सि (आस्बा ) प्रणाली सुरु

काठमाडौं । माछापुछ्रे बैंकले सि आस्बा रजिस्ट्रेशन नम्बर लिने व्यवस्था सुरु गरेको छ । बैंकले धितोपत्रको सार्वजनिक निष्काशनमा धितोपत्र खरिदको आवेदन गर्दा अनिवार्य रुपमा सि–आस्बा प्रणाली आवश्यक हुने भएकाले यो प्रणाली सुरु गरेको हो ।

बैंकले सबै शाखाहरुमा बिहिबार बाटै यो प्रणालीको सुरुवात गरेको जनाएको छ । यदि ग्राहकले अनलाईन आवेदन दिन चाहेमा सिडिएस् एण्ड क्लियरिङ्ग लिमिटेडद्वारा प्रदानगरिएको मेरो शेयर सेवाआफ्नो डिम्याट खाता भएको निक्षेप सदस्यमा गई उक्त सेवा लिन बैंकले अनुरोध गरेको छ । बैंकले पुर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना ६२ वटा शाखाहरु, ४ वटा सेवा प्रदान गर्दै आएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org