ताजा समाचार

पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले गरे विप्लव समुहका नेताहरुसँग भेट

काठमाडौं।विप्लव समूहका नेताहरु सँग नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भेट गरेका छन्।
विप्लव समूहका नेता धर्मेन्द्र वास्तोलाले आइताबार भएको भेटमा जेलमा रहेका आफ्ना नेता कार्यकर्ताको रिहाई लगायत तत्कालिन केपि शर्मा ओली नेतृत्वको सरकारसँग भएको ३ बँुदे सहमति कार्यान्वयनको विषयमा छलफल भएको बताएका छन्।
भेटमा विप्लव समूहबाट नेता वास्तोला र हेमन्तप्रकाश वली, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री किसान श्रेष्ठ पनि सहभागी थिए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org