ताजा समाचार

पाल्पामा बस दुर्घटना, १२ जनाको मृत्यु १५ घाइते

पाल्पा १८, जेष्ठ । पाल्पाको तानसेनबाट रामपुर जाँदै गरेको बस हुमिन भन्ने ठाउँमा दुर्घटना भएको छ। रिजर्भमा गएको बस रम्घा गाउँपालिका वडा नं ४ हुमिनमा बिहान ९ बजे दुर्घटना भएको पाल्पा प्रहरीले जनाएको छ। लु २ ख ९७५ नम्बरको बस दुर्घटनामा परेको हो ।

जिल्ला प्रहरी कार्यालय, पाल्पाका प्रमुख प्रहरी उपरीक्षक डिल्लीराज पन्तका अनुसार दुर्घटनामा ९ पुरुष र ३ महिलाको मृत्यु भए पनि सनाखत हुन बाँकी छ ।

घटनास्थलमा अहिले प्रहरी पुगेको र उद्धार कार्य जारी रहेको छ। जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अघिकारी प्रवीण आर्चायका अनुसार बस सडकबाट करिब १५० मिटर तल खसेको छ। बसमा यात्रुको संख्या यकिन बइनसकेको प्रहरीको भनाई छ।

तानसेनको लक्ष्मी बचत तथा ऋण सहकारी संस्थाका  प्रतिनिधिहरु अवलोकन भ्रमणमा हिँडेका थिए। क्षतिको यकिन विवरण आउन बाँकी छ। अप्ठेरो भीर र पानी परेकोले उद्धारमा समस्या भएको प्रहरीको भनाई छ।

डिभाइडरमा ठोक्किएर बस दुर्घटना, १८ यात्रु घाइते

चितवनको रत्ननगरमा गएराति यात्रुबाहक बस डिभाइडरमा ठोक्किएर दुर्घटना हुँदा १८ जना यात्रु घाइते भएका छन् ।

रत्ननगर नगरपालिका–१० स्थित त्रिनेत्र पेट्रोलपम्प अगाडि काठमाडौँबाट विराटनगर जाँदै गरेको ना६ख १३३२ नंको बस डिभाइडरमा ठोक्किएर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

सो दुर्घटनामा घाइते भएका १८ यात्रुको अहिले कलेज अफ मेडिकल साइन्सेज, शिक्षण अस्पताल भरतपुरमा उपचार भइरहेको छ । दुर्घटना राति करीब १ बजेको समयमा भएको प्रहरीले जनाएको छ ।

यसअघि यही जेठ ११ गते पनि काठमाडौँबाट राजबिराज जाँदै गरेको ना५ख ४४०१ नंको बस सोही डिभाइडरमा ठोक्किएर पल्टिँदा बसमा सवार छजना यात्रु घाइते भएका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org