ताजा समाचार

सल्यानमा फेरि पहिरो, एकै घरका ३ बालबालिकाको मृत्यु

काठमाडाैँ १८,भदाै ।   सल्यान जिल्ला बागचौर नगरपालिका वडा १२ ओख्रेनी मुलखोलामा अत्यधिक वर्षातको कारण पहिरोले घर पुरिदा एकै घरका ३ जना बच्चा च्यापिएका छन् ।

च्यापिने बच्चाहरूमा बालाराम डाङ्गीकि १० बर्षिय छोरी ललिता डाँगि, ७ बर्षीय छोरा ललित डांगी र ४ बर्षिय छोरी मेनका डाँगि रहेका छन् ।

च्यापिएका बच्चाको खोजी गर्न नेपाली सेना, नेपाल प्रहरी जाने तयारी गरेको छ ।

घटनाको पूरा विवरण आउन बाकी रहेको छ ।

यही भदौ १२ गते सल्यान जिल्ला बागचौर नगरपालिका वडा नम्बर ४ मा एक घरको एउटै घरका बुवा, आमा, २ छोरी र १ जना छोरा गरेर ५ जनाको मृत्यु  भएको थियो ।

सम्बन्धित सामाचार
घर भत्किँदा सल्यानमा एकै परिवारका ५ जनाको मृत्यु

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org