ताजा समाचार

डा. केसी सरकारी हेलिकप्टरमा काठमाडाैं नफर्किने

काठमाडाैं ३, साउन । २० दिन देखि जुम्लामा अनशनरत डा. गोबिन्द केसी सरकारी हेलिकप्टर मार्फत काठमाडाैं नफर्किने भएका छन् ।

जुम्लामा पत्रकार सम्मेलन गर्दै उनले काठमाडाैं जाने तर सरकारी खर्चमा नजाने भनेर बताएका हुन् । यस्तै, उनले आफू सरकारसंग डराएर नभई आफ्ना समर्थक, विद्यार्थीलाई गुन्डा शैलीमा धरपकड गरेकाले मात्रै जान तयार जनाएका छन् ।

डा. केसी र सरकारी टोलीबीच भएको झडपमा केहि घाइते समेत भएका छन् ।

काठमाडौँ ल्याउन स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशकमा डाक्टर‍ गुणराज लोहनी नेतृत्वको टोली बिहीवार बिहानै जुम्ला पुगेको थियो। हेलिकप्टर सहित सरकारी टोली जुम्ला पुगे पनि उनी सरकारी टोलीसँग आउन भने इन्कार गरेका छन् ।

सम्बन्धित समाचार:

डा. केसी काठमाडाैं आउन तयार

माफिया, डन र अधिनायकवाद पोस्ने सरकारी कदमका विरुद्ध चन्दननाथ बाबाको काखमा सत्याग्रह बसेको छु: डा. केसी (अडियोसहित)

सरकारको पहिलो प्रथामिकतामा डा. केसिको उपचार त्यसपछि वार्ता :मन्त्रि पोखरेल

चिकित्सा शिक्षा विधेयक फिर्ता हुँदैन: शिक्षामन्त्री

सेनाको हेलिकोप्टर डा.केसीलाई लिन पुग्यो जुम्ला, केसी समर्थकको अवरोध

चिकित्सक संघले देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प पार्दै

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org